श्रीलंकामा जारी संकटकाल खारेज

डिसी नेपाल
२३ चैत २०७८ १२:१७
1.5k
Shares

कोलम्बो। श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएकोे छ। देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन्।

सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए।

नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए। अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए। त्यसअघि मन्त्रिपरिषद्का सबै सदस्यहरूले सामूहिक राजीनमा दिएका थिए।

टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *