नयाँ वर्षको कार्यक्रममा गायक हरिश माथेमा चितवन जाँदै
काठमाडाैं। नव वर्ष २०७९ को पूर्व सन्ध्यामा चम्पानगर, देवनगर, चितवनस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रेटमा बृहत् साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ।
यही चैत्र ३० गते बुधबार आयोजना हुन लागेको सो कार्यक्रममा नेपाली गीतर सङ्गीत क्षेत्रका लोकप्रिय गायक हरिश माथेमाको साथमा अतिथि गायक दिपक थापाको प्रस्तुति रहने जानकारी इभेन्ट पार्ट्नर डिएन इभेन्ट्स तथा माई इभेन्ट्सले जनाएको छ।
डिजे क्वीन, डिजे बीजे को साथमा स्थानीय थर्ड आई ब्याण्डको समेत प्रस्तुती रहने इभेन्ट अर्गनाइजरका रमेश थापाले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment