एक जनाको पौने ७ करोड रुपैयाँ तिरेर ३ जना पर्यटक अन्तरिक्ष घुम्न गए
काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सले अन्तरिक्षमा अर्को इतिहास रचेको छ । यो पहिलो अन्तरिक्ष पर्यटन मिसन हो। अन्तर्राष्ट्रिय स्पेस स्टेसन जानको लागि पहिलो पूर्ण निजी मिसन शुक्रबार फ्लोरिडाबाट उडेको छ ।
चार सदस्यीय चालक दल भएको स्पेसएक्सको फाल्कन ९ रकेट स्पेस स्टेशनका लागि उडेको थियो। यसमा तीन ग्राहक र एक पूर्व नासा अन्तरिक्ष यात्री समावेश थिए।
यो १० दिने भ्रमणको लागि सिटको लागत करिब ५५ मिलियन डलर पर्ने बताइएको छ । अन्तरिक्ष एजेन्सी नासा, स्टार्ट अप कम्पनी एक्सियोम र स्पेसएक्सले अन्तरिक्षको लो अर्थ अर्बिटमा भ्रमणका लागि त्रिपक्षीय साझेदारी गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment