एमाले र नेपाल परिवार दलबीच चुनावी तालमेल

डिसी नेपाल
३० चैत २०७८ १५:११
156
Shares

काठमाडाैं। नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ। देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउनेलगायत पाँच बुँदे सहमति भएको हो।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर भएको हो।अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *