मुस्लिम महिलालाई बलात्कारको धम्की दिने बजरंगमुनि ११ दिनपछि पक्राउ

डिसी नेपाल
१ वैशाख २०७९ ९:२४
112
Shares

काठमाडौं । उत्तर प्रदेशको सीतापुरमा मुस्लिम समुदाय विरुद्ध भड्काउ भाषण गरेको आरोपमा उत्तर प्रदेश प्रहरीले बजरंगमुनिलाई पक्राउ गरेको छ ।

सीतापुर प्रहरीले ट्वीट गर्दै बुधबार उनलाई पक्राउ गरी अदालतमा पेश गरेको जानकारी दिएको छ ।

यससँगै ट्विटमा लेखिएको छ, ‘शान्ति र व्यवस्थामा असर गर्ने कसैलाई पनि छाडिने छैन र निजलाई कडा कारबाही गरिने छ।

बजरंगमुनि दास सीतापुरको खैराबादको महर्षि श्री लक्ष्मणदास उदासी आश्रमका महन्त हुन्।

११ दिनअघि सीतापुरमा धार्मिक भ्रमणका क्रममा उनले मस्जिद अगाडि भड्कावपूर्ण भाषण दिएका थिए । उक्त घटनाको भिडियोमा उनले मुस्लिम महिलालाई बलात्कार गर्ने धम्की दिएका थिए ।

यो भिडियो भाइरल भएपछि राष्ट्रिय महिला आयोगले उनलाई पक्राउ गर्न माग गरेको थियो । त्यसपछि उनीविरुद्ध एफआईआर दर्ता भएको थियो ।

तर, पछि सामाजिक सञ्जालमा यस्तो भिडियो पनि भाइरल भएको थियो जसमा उनले माफी मागेर आफ्नो भनाइलाई गलत ढंगले प्रस्तुत गरेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *