शहबाज शरीफ पाकिस्तानको प्रधानमन्त्री बनेपछि अमेरिकाले पहिलो पटक बोल्यो
काठमाडौं । शहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेपछि अमेरिकाले पहिलो पटक प्रतिक्रिया दिएको छ । यस सम्बन्धमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्ति जारी गरेका छन् । ब्लिन्केनले व्यापक पारस्परिक हितका लागि ७५ वर्षदेखि पाकिस्तान अमेरिकाको महत्वपूर्ण साझेदार रहेको बताएका छन् ।
ब्लिन्केनले वक्तव्यमा भनेका छन्– ‘तपाइहरू यो सम्बन्धको कदर गर्नुहुन्छ । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शाहबाज सरिफलाई अमेरिकाले बधाई दिएको छ । हामी पाकिस्तानसँग हाम्रो दीर्घकालीन सहयोग जारी राख्न तत्पर छौं।’ उनले विज्ञप्तिमा अमेरिकाले दुई देशको हितका लागि बलियो, समृद्ध र लोकतान्त्रिक पाकिस्तानलाई महत्वपूर्ण ठानेको बताए ।
भर्खरै अविश्वासको प्रस्तावमा मतदान गर्नुअघि इमरान खानले आफ्नो सरकारलाई ध्वस्त पार्न विदेशी शक्तिहरूले यहाँका जनतासँग मिलेर षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए । यसै क्रममा उनले एकपटक अमेरिकाको नाम पनि लिएका थिए । यसपछि अमेरिकाले आफ्नो प्रतिक्रियामा यी आरोपमा कुनै सत्यता नभएको बताएको थियो । एक दिनअघि भारत र अमेरिकाबीचको २+२ मन्त्रीस्तरीय बैठकपछि जारी संयुक्त वक्तव्यमा आफ्नो नाम उल्लेख गरेकोमा पाकिस्तानले कडा आपत्ति जनाएको थियो ।







डिसी नेपाल







Facebook Comment