एलन मस्कले ४१ अर्ब डलरमा पूरै ट्विटर कम्पनी किन्न अफर दिए
काठमाडौं । अर्बपति व्यापारी एलन मस्कले ४१ अर्ब डलरमा ट्विटर किन्न प्रस्ताव गरेका छन् । मस्कले केही दिनअघि मात्रै कम्पनीको बोर्डमा नआउने घोषणा गरेको बेला यो खबर आएको हो ।
एलन मस्कले प्रति सेयर ५४.२० डलर प्रस्ताव गरेका छन् जुन जानकारी बिहीबार एक नियामक फाइलिङमा दिइएको छ । यस्तो अवस्थामा ट्विटरको सेयर प्रिमार्केट ट्रेडिङमा १२ प्रतिशतले बढेको छ ।
अहिले ट्विटरमा एलन मस्कको ९.२ प्रतिशत हिस्सेदारी छ। यसको मतलब मस्कसँग ट्विटरका संस्थापक ज्याक डोर्सीको चार गुणा (२.२५ प्रतिशत) सेयर छ।
अब मस्कले ट्वीटरका अध्यक्ष ब्रेट टेलरलाई लेखेको पत्रमा भनेका छन्, ‘लगानी गरेपछि अहिलेको अवस्थामा कम्पनीले आफ्नो सामाजिक दायित्व पूरा गर्न नसकेको र अगाडि बढाउन सक्ने अवस्था रहेको महसुस गरेको छु । ट्विटरलाई निजीमा परिणत गर्न आवश्यक छ।”
उनले थप भनेका छन्, ‘मेरो प्रस्ताव मेरो तर्फबाट सबैभन्दा उत्कृष्ट र अन्तिम प्रस्ताव हो र यदि स्वीकार नगरेमा शेयरधनीका हैसियतमा मैले आफ्नो हैसियतमा पुनर्विचार गर्नुपर्नेछ ।







डिसी नेपाल







Facebook Comment