अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेन जान सक्ने, यसले युद्धलाई कस्तो असर गर्ला ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्न अमेरिकाबाट उच्चस्तरीय अधिकारीलाई युक्रेन पठाउने विचार गरिरहेको बताएका छन् । त्यो अधिकारी बाइडेन आफैं पनि हुन सक्छन्।
अमेरिकी राष्ट्रपति बाइडेनलाई युक्रेन भ्रमणबारे प्रश्न सोधिएको थियो । यसबारे उनले भने, ‘हामीले यो निर्णय लिइरहेका छौं ।’ आफू जान तयार हुनुहुन्छ कि भनेर सोध्दा उनले भने ‘हो म तयार छु ।’
“अमेरिकी राष्ट्रपतिलाई युक्रेनमा पठाउने कुनै योजना छैन,” राष्ट्रपति बाइडेनको टिप्पणीपछि ह्वाइट हाउसका एक अधिकारीले फक्स न्यूजलाई भने।
रुस–युक्रेन युद्ध सुरु भएपछि जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनको छिमेकी राष्ट्र पोल्याण्डको भ्रमण गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गर्ने सम्भावना छ ।
धेरै युरोपेली नेताहरूले राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि गत हप्ता युक्रेनको भ्रमण गरेका थिए ।







डिसी नेपाल







Facebook Comment