पूरै ट्वीटर कम्पनी किन्छु भन्ने एलन मस्क ट्वीटरका सबैभन्दा ठूला शेयरहोल्डर समेत रहेनन्
काठमाडौं । अर्बपति एलन मस्कले हालै ट्विटरमा ९ प्रतिशत सेयर किनेका छन् । यसपछि उनलाई कम्पनीको सबैभन्दा ठूलो सेयर होल्डर भनिएको थियो तर अब रिपोर्टका अनुसार अर्को कम्पनीले ट्विटरमा आफ्नो हिस्सेदारी बढाएको छ ।
टेस्लाका सीईओ एलोन मस्कले पूरै ट्विटर किन्ने तयारी गरिरहेका छन्। उनले ट्विटर किन्न ४१ अर्ब डलर प्रस्ताव गरेका छन् । तर यही बीचमा एलन मस्क अब ट्विटरको सबैभन्दा ठूलो शेयरधारक रहेनन्। किनकि भ्यानगार्ड समूहले ट्विटरमा आफ्नो हिस्सेदारी बढाएको छ।
युएस सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसइसी) फाइलिङका अनुसार अप्रिल ८ मा भ्यानगार्ड समूहले ट्वीटरमा समूहको १०.३ प्रतिशत शेयर स्वामित्व रहेको र कम्पनीमा ८२.४ मिलियन शेयर रहेको खुलासा गरेको थियो।
भ्यानगार्ड ग्रुपले पहिलो क्वाटरमा नै ट्विटरमा आफ्नो शेयर बढाएको बताइएको छ । फ्याक्टसेटका अनुसार एलन मस्क अब ट्विटरको सबैभन्दा ठूलो शेयरधारक रहेनन्।
वाल स्ट्रिट जर्नलको एक रिपोर्ट अनुसार डिसेम्बरको अन्त्यमा भ्यानगार्ड समूहले ट्वीटरमा आफ्नो ८.४ प्रतिशत हिस्सेदारी रहेको बताएको थियो तर अब एसइसी फाइलिङबाट खुलासा भएअनुसार समूहले ट्विटरमा आफ्नो हिस्सेदारी बढाएको छ।
यद्यपी भ्यानगार्ड ग्रुपले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
एलन मस्कले ट्विटर किन्न प्रस्ताव गरेका छन्, तर अहिलेसम्म ट्विटरले उनको प्रस्ताव स्वीकार गर्ने कि नगर्ने स्पष्ट पारेको छैन।
ट्विटरका सबैभन्दा ठूला शेयरहोल्डरमध्ये साउदीका राजकुमार तलाल पनि हुन्, जसले एलन मस्कको यो प्रस्ताव आफूलाई सही नलागेको र आफूले अस्वीकार गरेको स्पष्ट रूपमा भनेका छन् । एलन मस्कले साउदीका राजकुमारको यो ट्विटको जवाफ दिए र सोधे कि उनी वाक स्वतन्त्रताको बारेमा के सोच्छन्?
ट्विटरले आफ्ना शेयरहोल्डरहरूको हितलाई ध्यानमा राखेर कुनै पनि निर्णय लिने र एलन मस्कको यो प्रस्तावबारे अहिले समीक्षा भइरहेको बताएको छ।
रिपोर्टका अनुसार आज ट्वीटरका शीर्ष अधिकारी र सञ्चालक समितिका कर्मचारीहरुको ठूलो बैठक बसेको छ जहाँ एलन मस्कको प्रस्तावमाथि छलफल हुने भएको छ ।
ट्वीटरले एलन मस्कको यो अफर स्वीकार गर्छ कि गर्दैन भन्ने अबको केही दिनमा स्पष्ट हुनेछ । यद्यपि, एलन मस्कले एक टिइडी कुराकानीमा यदि ट्विटरले उनको प्रस्ताव अस्वीकार गर्यो भने उनीसँग यसको लागि योजना बी पनि भएको बताएका छन् । यद्यपी यो प्लान बी के हो उनले भनेनन् । ट्विटर र एलन मस्कको अर्को चाल के हुन्छ हेर्नको लागि यो रोचक हुनेछ।







डिसी नेपाल







Facebook Comment