फिलिपिन्समा बाढीपहिरोका कारण १४८ जनाको मृत्यु

डिसी नेपाल
२ वैशाख २०७९ २१:४१
52
Shares

अबुयोग । फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको सङ्ख्या बिहीबार १४८ पुगेको छ ।

यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौैंलाई विस्थापित गरेको छ । धेरै मानिसहरू अझै हराइरहेका र उनीहरू जीवित पाइने आशा क्षीण बनेको छ ।

मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ ।

प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित परेसहित यहाँ हरेक बर्ष आँधीले तहसनहस पारेको छ । जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन् ।

अबियोग नगरपालिकाका विपत् व्यवस्थापन कर्मचारीले मङ्गलबार गएको पहिरोले बगाएको पिलारको तटीय गाउँबाट शुक्रबार पनि दर्जनौ शवहरू पुरिएको अवस्थाबाट निकालेका बताइएको छ ।

अबुयोग मेयर लेमुएल ट्रेयाले एएफपीसँग १०० भन्दा बढी हराइरहेका र अरू कसैलाई जीवित भेट्टाउने आशा मरिसकेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *