नयाँ वर्षको अवसरमा प्रवासी नेपाली मित्र मंचद्वारा नेपाल-भारत विचार गोष्ठी आयाेजना
नयाँ दिल्ली। सन् १९९० देखि भारतमा नेपाली चेलीबेटी बेचबिखन बिरुद्ध र बालबालिकाहरुको उद्दारको लागि काम गर्दै आएको संस्था प्रवासी नेपाली मित्र मंचद्वारा नेपाल भारतबीच विचार गोष्ठी तथा सास्कृतिक कार्यक्रम आयाेजना गरेका छ। नयाँ वर्षकाे अवसरमा कार्यक्रम आयोजना गरिएको थियो।
पितमपुरा नयाँ दिल्लीस्थित ग्रीनलांग बैङ्केट हलमा आयोजित कार्यक्रममा नेपाली राजदूतावास नयाँ दिल्लीका डिसीएम रामप्रसाद सुबेदी प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। कार्यक्रममा नयाँ वर्षको शुभकामना दिँदै सुबेदीले राजदूताबास पुग्न नसक्ने ठाउमा संघ संस्थाहरुले पुगेर गरेको कामको खुलेर प्रशंशा समेत गरे।

नेपाल भारत मैत्री संगठनका सदस्य केन्द्रीय फिल्म प्रमाणन बोर्ड, सूचना एवं प्रसारण मंत्रालय, भारत सरकारका पूर्व केंद्रीय सदस्य तथा भारती जनता पार्टीका नेपाल सम्पर्क सेल सदस्य अनूप कुमार विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। नेपाल भारत बीचको प्रगाढ मित्रता बारे उनले विचार व्यक्त गरे।

प्रवासी नेपाली मित्र मंचका संस्थापक एवं मानव कल्याण मित्र मंच नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्याल, एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजका अध्यक्ष युवराज बराललगाएत भारतमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्दिजिवि, विद्यार्थी, पत्रकारलगायतको उपस्तिथी रहेको थियो। कार्यक्रममा नेपाल र नेपालीको पहिचान हुने सांस्कृतिक कार्यक्रम राखिएको थियो।

संस्थाका अध्यक्ष बिष्णुप्रसाद खनालको अध्यक्षतातामा सम्पन्न कार्यक्रमलाइ उपाध्यक्ष रघुनाथ पाण्डे, सचिव छबिलाल न्यऔपाने, महिला अध्यक्ष दिपलता उपाध्यायले सहजिकारण गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment