राष्ट्रपति बाइडेनको युक्रेन भ्रमणको सम्भावनाबारे ह्वाइट हाउसले के भन्यो

डिसी नेपाल
६ वैशाख २०७९ ११:४२
112
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमणको कुनै योजना छैन । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले सोमबार एक ब्रिफिङका क्रममा उक्त जानकारी दिएकी हुन् ।

“म फेरि पनि भन्न चाहन्छु, राष्ट्रपतिको युक्रेन जाने कुनै योजना छैन,” साकीले सञ्चारकर्मीलाई भनिन्। ह्वाइट हाउसले आफ्नो एक उच्च अधिकारीलाई कीभ पठाउने बताएको छ। ती अधिकारी सम्भवतः विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षा मन्त्री लोयड अस्टिन हुन सक्छन्।

सीएनएनसँगको एक अन्तर्वार्तामा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूलाई बाइडेनले किभ भ्रमण गर्नेछन् भन्ने लागेको बताएका थिए । जेलेन्स्कीले भने, “निस्सन्देह, यो उहाँको निर्णय हो र यो सुरक्षा अवस्था अनुसार परिवर्तन हुन सक्छ। तर मलाई लाग्छ कि उहाँ अमेरिकाको राष्ट्रपति हुनुहुन्छ त्यसैले उहाँले यहाँ आएर अवस्था हेर्नुपर्छ।”

साकीले अमेरिकाले किभमा दूतावास पुनः खोल्ने आशा राखेको पनि बताए। तर, उनले मिति भने खुलाएनन् । “यो पक्कै पनि हाम्रो उद्देश्य हो। युक्रेनमा कूटनीतिक उपस्थिति आवश्यक छ,” उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *