साउदीमा नेपाली राजदूतावासको सेल्टरबाटै हराए नेपाली

डिसी नेपाल
९ वैशाख २०७९ १०:१५
212
Shares

इटाली। साउदी अरबमा मजदुरीका लागि गएका एक जना नेपाली मंगलबार देखि हराएका छन्।

सन्तोष साह कानु नाम गरेका उनि साउदी अरब, रियादको बथा भन्ने ठाउँबाट मंगलबार राति साढे नौ बजे देखि हराएका हुन्। नेपाली राजदूतावास रियादले उनलाई दूतावास कै सेल्टरमा राखेर नेपाल पठाउने प्रक्रिया सुरु गरेको भने पनि मंगलबार राति देखिनै उनि हराएका छन्।

मंगलबार दूतावास कै सेल्टरबाट नेपाली हराएपछि साउदीको रियादमा रहेको नेपाली राजदुतावासले बिहिवार मात्रै आफ्नो फेसबुक पेजमा मानिस हराएको सूचना जारी गरेको छ।

दूतावासको सूचनामा हराएका सन्तोष साह डिप्रेसनको सिकार भएको र १९ अप्रिलका दिन रातको समयमा सेल्टरमा रहेका अन्य नेपालीहरु सुतेको मौका पारेर सेल्टरबाट बाहिर निस्केको र साहको खोजतलासका लागि सम्बन्धित प्रहरी कार्यालयलाई अनुरोध पनि गरिएको सूचनामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.