चिनियाँ प्रधानमन्त्रीसँगको वार्तापछि श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले के भने ?
काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले अन्य देशबाट निरन्तर सहयोग जुटाउने प्रयास गरिरहेको छ ।अब श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले चिनियाँ प्रधानमन्त्री ली केकियाङसँग कुराकानी गरेपछि दुई देशबीचको सम्बन्धका लागि चीनलाई धन्यवाद दिएका छन् ।
महिन्दा राजापाक्षेले ट्वीटरमा लेखेका छन्, ‘चिनियाँ प्रधानमन्त्री ली केकियाङसँग फलदायी कुराकानी भयो। श्रीलंकाको तर्फबाट चीनसँगको लामो समयदेखिको मित्रता र यस कठिन समयमा जनताको हित र आवश्यकताहरू पूरा गर्ने चीनले गरेको आश्वासनप्रति कृतज्ञता व्यक्त गरेको छु।
Had a very productive conversation with Chinese Premier Li Keqiang. I reiterated #SriLanka’s gratitude to #China for the longstanding friendship and for assuring support to address some of the crucial needs affecting peoples’ livelihoods and well-being in these difficult times. pic.twitter.com/2jSyNLodGE
— Mahinda Rajapaksa (@PresRajapaksa) April 22, 2022
स्वतन्त्रता पछिको सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले भारत, चीन लगायतका देशसँग सहयोगको खोजी गरिरहेको छ ।
विगत दुई दशकमा श्रीलंका र चीनको सम्बन्ध सुदृढ भएको छ। श्रीलंकाले धेरै ठूला परियोजनामा चीनको सहयोग लिएको छ । यस्तो अवस्थामा श्रीलंका ठूलो ऋणको बोझले दबिएको छ, जसमा चीनको ठूलो हिस्सा छ।
समाचार एजेन्सी रोयटर्सले श्रीलङ्काको केन्द्रीय बैंकबाट सङ्कलन गरेको तथ्यांकअनुसार श्रीलंकाले यस वर्ष ७ अर्ब डलर ऋण तिर्नुपर्ने भएको छ भने विदेशी मुद्रा सञ्चितिमा २.३ अर्ब डलर मात्र बाँकी छ ।







डिसी नेपाल







Facebook Comment