इन्डोनेसियाले पाम तेलको निर्यातमा प्रतिबन्ध लगायो, विश्व बजारमा भाउ बढ्न सक्ने

डिसी नेपाल
१० वैशाख २०७९ ११:००
1.2k
Shares

काठमाडौं । इन्डोनेसियाले अप्रिल २८ देखि पाम तेलको निर्यातमा प्रतिबन्ध लगाएको छ । इन्डोनेसियामा खाद्यान्नको मूल्य बढेपछि राष्ट्रपति जोको विडोडोले खाना पकाउने तेल र त्यसको कच्चा पदार्थको ढुवानी रोक्ने घोषणा गरेका छन् । त्यसयता इन्डोनेसियामा पाम तेलको निर्यातमा प्रतिबन्धको घोषणा गरिएको थियो।

यसअघि इन्डोनेसियाले जनवरीमा पाम आयलको निर्यातमा प्रतिबन्ध लगाएको थियो, जुन मार्चमा हटाइएको थियो, तर त्यसबेला इन्डोनेसियाको यो कदमले विश्वका धेरै वस्तुको मूल्यमा भारी वृद्धि भएको थियो ।

किनभने पाम तेल संसारको सबैभन्दा लोकप्रिय वनस्पति तेल हो र यो दैनिक जीवनमा प्रयोग हुने कम्तीमा 50% उत्पादनहरूमा प्रयोग गरिन्छ। यति मात्र होइन, उद्योगमा पनि यसको प्रयोग हुन्छ ।

इन्डोनेसिया पाम तेलको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता हो, र जब उसले आफ्नो घरेलु मूल्य स्थिर गर्न यस्तो कदम चाल्छ, यसले विश्वव्यापी बजारलाई असर गर्छ।

ग्लोबल ट्रेडिङ फर्मका मुम्बईस्थित व्यापारी भन्छन्, ‘अब खाद्य तेलको मूल्य आकाशिनेछ। युक्रेन युद्धका कारण सनओइलको आपूर्ति घटेपछि पाम आयलमा भर परेको थियो । तर अहिले खरिदकर्तासँग विकल्प छैन ।

इन्डोनेसियामा हालैका महिनाहरूमा खाद्य तेलको मूल्य ह्वात्तै बढेको छ। यस विषयमा धेरै सहरमा प्रदर्शन पनि भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *