४८ घण्टामा रूस-युक्रेन युद्ध अन्त्य हुने, पुटिन र जेलेन्स्कीले इस्तानबुलमा भेट्ने दाबी

डिसी नेपाल
१० वैशाख २०७९ १४:०८
11.4k
Shares

काठमाडौं । युक्रेनमा रुसी आक्रमण भएको ६० दिनभन्दा बढी भइसक्यो तर दुई देशबीच युद्ध जारी छ । युक्रेनले मारिउपोलमा रहेको स्टिल कारखानामा रुसले लगातार बमबारी गरिरहेको दाबी गरेको छ । यसैबीच टर्कीले ठूलो दाबी गरेको छ । टर्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ४८ घण्टाभित्र इस्तानबुलमा भेट्न सक्ने बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भने– ‘हामी आशा गर्छौं कि रुस र युक्रेनबीचको युद्ध आगामी ४८ घण्टामा अन्त्य हुनेछ ।’ उनले छिट्टै दुवै देशका राष्ट्राध्यक्ष मिलेर समस्या समाधान गर्ने बताए । ‘हामी दुवै देशका नेताहरूसँग सम्पर्कमा छौं’ उनले भने ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार मस्को जाने भएका छन् । उनले त्यहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले पुटिन र गुटेरेसबीच मंगलबार मस्कोमा भेट्ने प्रस्ताव राखेको बताए । गुटेरेसले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग पनि भेट गर्नेछन् ।

गुटेर्रेसले बिहीबार युक्रेन पनि जाने कार्यक्रम रहेको द किभ इन्डिपेन्डेन्टले रिपोर्ट गरेको छ। उनले त्यहाँ राष्ट्रपति जेलेन्स्कीसँग पनि भेट गर्नेछन् । गुटेरेसले यसै साता रुस र युक्रेनलाई पत्र लेखेका थिए । यसमा दुवै देशका राष्ट्रप्रमुखलाई भेट्न अपिल गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *