एकै परिवारका पाँच जनाको शव भेटिएपछि प्रहरीले के भन्यो ?
काठमाडौं । उत्तर प्रदेशको प्रयागराजमा एकै परिवारका पाँच जनाको शव फेला परेको घटना सार्वजनिक भएको छ । प्रहरीले शनिबार सो जानकारी दिएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय राजकुमार यादव, उनकी २५ वर्षीया छोरी मनिषा, उनकी श्रीमती कुसुम, बुहारी सविता र दुई वर्षीया नातिनी मिताक्षी रहेका छन् ।
राजकुमारका छोरा सुनिल घरमा नभएको बेला शुक्रबार राति यो घटना भएको प्रहरीले पीटीआईलाई बताएको छ। उनी बिहेमा गएका थिए ।
यस घटनाको सम्बन्धमा गंगापार थार्भई प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका लागि कुकुर टोली र फरेन्सिक टोली घटनास्थल पुगेको र सबै प्रमाण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
#थाना_थरवई क्षेत्रान्तर्गत हुई घटना के सम्बन्ध में वरिष्ठ पुलिस अधीक्षक प्रयागराज द्वारा दी गयी बाइट :-@Uppolice @ADGZonPrayagraj @igrangealld @dgpup pic.twitter.com/JCD5J17jWv
— PRAYAGRAJ POLICE (@prayagraj_pol) April 23, 2022
प्रयाग्रत एसएसपीले थरवाईमा भएको घटनाबारे विज्ञप्ति जारी गरेका छन् । उनले भने, ‘आज बिहान साढे ५ बजेतिर एक घरमा करिब चार–पाँच व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी भयो ।
“सूचना लगत्तै प्रहरी टोली, कुकुर टोली, उच्च अधिकारी सबै घटनास्थलमा पुगेका थिए। म पनि घटनास्थलमा पुगेँ। यस परिवारका प्रमुख राजकुमार यादवकी पाँच वर्षीया नातिनी जीवितै छन्। छमध्ये पाँच राति सुतेकाहरुको मृत्यु भएको प्रहरीले थप कारबाही गरिरहेको छ ।
“घरको एउटा सुत्ने कोठामा आगो लागेको घटनास्थलमा भेटिएको थियो, जसलाई दमकलले निभाएको थियो । अनुसन्धानका लागि सात टोली गठन गरिएको छ । शवको पोष्टमार्टमपछि धेरै कारणहरु बाहिर आउनेछन् । कुनै पनि दोषीलाई छोडिने छैन ।”







डिसी नेपाल







Facebook Comment