सांघाईमा कोभिडबाट थप ११ जनाको मृत्यु

डिसी नेपाल
१० वैशाख २०७९ १६:००
180
Shares

सांघाइ।चीनको सांघाइमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ । कोभिड संक्रमणको चपेटामा परेको सांघाइमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ । यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।

शुक्रबार सांघाइमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबद्धा रहेको चीन सरकारले जनाएको छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्धकालीन समस्या रहेको पनि जनाइएको छ । त्यस्तै उनीहरू कसैले पनि कोभिड खोप नलगाएको सरकारले दाबी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *