माइक टायसनले विमानभित्रै यात्रुलाई किन गरे मुक्का प्रहार ?

डिसी नेपाल
११ वैशाख २०७९ ९:२१
5.3k
Shares

न्युयोर्क। पूर्वहेवीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन्। आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन्।

घटनाबारे विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेको देखिन्छ। त्यस्तै, आफ्नो सिटमा उनी टाउको झुकाएको पनि देखिन्छन्।

टायसनसँग ‘एक आक्रामक यात्रुसँग विवाद ’ भएको र ती यात्रुले टायसनलाई ‘दुव्र्यवहार’ गरेको बक्सिङ हल अफ फेमरका प्रवक्ताले पुष्टि गरे। प्रहरी परिचालन गरी दुबै जनालाई केही समय नियन्त्रणमा लिइएको थियो। ‘एक घाइते’लाई सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य उपचार गरेको प्राप्त विवरणहरूमा जनाइएको छ।

घटनाबारे विस्तृत विवरण नदिइएको र प्रहरी अनुसन्धानलाई सहयोग नगरेको सान फ्रान्सिस्को प्रहरी विभागका प्रवक्ताले बताएका छ ।

थप अनुसन्धान पेन्डिङ गर्दै दुबै जनालाई गरिएको प्रवत्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान खुलाएका छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *