इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

डिसी नेपाल
११ वैशाख २०७९ ९:५५
168
Shares

रोम। इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ। शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन्। कोभिडका कारण १४३ जनाको मृत्यु भएको छ। इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो।

सन् २०२० को फेब्रुवरीमा कोभिड महामारी फैलिएपछि इटालीमा कोभिडका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ।

युरोपमा बेलायतपछि इटालीमा कोभिडका कारण धेरै मानिसहरूको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म कोभिडबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोभिडका कारण शनिबार ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *