रुस र युक्रेनभन्दा अगाडि टर्की किन जाँदैछन् राष्ट्रसंघका महासचिव ?

डिसी नेपाल
११ वैशाख २०७९ ११:२३
92
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मस्को र कीभको भ्रमण गर्नुअघि टर्कीको भ्रमण गर्नेछन्। संयुक्त राष्ट्र संघले एक विज्ञप्ति जारी गरेको छ जसअनुसार एन्टोनियो गुटेर्रेसले सोमबार टर्कीको राजधानी अंकारा जानेछन् जहाँ उनले राष्ट्रपति रेसेप तैयप एर्दोआनसँग भेट गर्नेछन्।

त्यसपछि गुटेरेस मंगलबार मस्को पुग्नेछन्, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लेभरोफसँग भेट गर्नेछन्। बिहीबार उनको अन्तिम बिन्दु युक्रेनको राजधानी किभ हुनेछ, जहाँ उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विदेशमन्त्री दिमित्री कुलेबालाई भेट्नेछन्।

टर्कीले युक्रेन र रुसबीच युद्धविराम र शान्ति वार्ताको मध्यस्थता गरेको थियो। यसका लागि गुटेर्रेस पहिले टर्की जाँदैछन् भन्ने विश्वास गरिएको छ । तर, राष्ट्रपति जेलेन्स्कीले युक्रेनअघि रुसको भ्रमण गर्ने गुटेर्रेसको कदमको निन्दा गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलनमा भने, ‘युक्रेनमा युद्ध छ मस्कोको सडकमा शवहरू छैनन् । पहिले युक्रेन जानु र त्यहाँका जनतालाई हेर्नु, युद्धको नतिजा हेर्नु तार्किक हुनेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *