पोखरा महानगर मेयरको टिकट पाएपछि प्रदेश सांसदबाट कृष्ण थापाले दिए राजीनामा

डिसी नेपाल
१२ वैशाख २०७९ १२:०७
104
Shares

पोखरा। पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदबाट राजीनामा दिएका छन्। आज सभामुख नेत्रनाथ अधिकारीलाई उनले राजीनामापत्र बुझाएका हुन्। थापा २०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए।

२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन्। केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिन लागेको बताएका छन्।

एमालेले आजै दिउँसो १ बजे मनोनयन दर्ता गराउँदै छ। त्यसका लागि तयारी भइरहेको छ। यसअघि दीपक पौडेललाई पोखराको मेयर टिकट दिइएकोमा चौतर्फी आलोचना र विरोधपछि उनको टिकट खोसिएको हो।

उपमेयरमा भने मन्जुदेवी गुरुङ नै दोहोरिने भएकी छिन्। यसअघि आफू नउठ्ने बताएकी मन्जुले थापालाई मेयरको टिकट दिएपछि भने उठ्न राजी भएकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *