एमाले अध्यक्ष केपी ओली छमछमी नाचेको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

डिसी नेपाल
१८ वैशाख २०७९ ११:०३
916
Shares

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नाचेको भिडियो सार्वजनिक भएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेको नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरिएको हो।

रामप्रसाद अवस्थीको शब्द र संगीतमा तयार पारिएको उक्त गीत अवस्थी र पूर्णकला बिसीले गएका छन्। ‘सूर्यमै भोट हालौं’ बोलको गीतका एरेन्जर विनोद बाजुरेली हुन् ।

“परमादेशको गठबन्धन फालौं यसपालि त सूर्यमै भोट हालौं” जस्ता शब्दहरु पनि सो गीतमा रहेका छन्। गीतमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा भएका महत्पूर्ण कार्यहरुको बारेमा चर्चा गरिएको छ । जसमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छमछमी नाचेका छन्।

अवस्थी नेकपा एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हुन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले मतदाता तान्न धमाधम भिडियोसहितका गीत पनि निकाल्न थालेका छन्।

२०७४ सालमा सम्पन्न अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमालेले ‘सही पनि एमाले मै पनि एमाले’ बोलको गीत ल्याएको थियो । बद्री पंगेनी र प्रिया भण्डारीले गाएको सो गीत एमालेको पक्षमा जनलहर ल्याउन सफल भएको थियो। यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *