राहुल गान्धी ठमेलको नाइट क्लवमा (तस्वीरहरु सहित)

डिसी नेपाल
२० वैशाख २०७९ ६:४८
7.8k
Shares

काठमाडौं। पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको विवाहमा सहाभागी हुन नेपाल आएका भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी सोमबार राति ठमेलस्थित एलओडी क्लबमामा पुगेर मनोरञ्जन लिएका छन्।

सोमबार अपरान्ह काठमाडौं उत्रिएका गान्धी होटल मेरियटमा केही बेर आराम गरेपछि साँझ ठमेलस्थित एलओडी क्लब पुगेका हुन्। गान्धी एलओडीमा गएको तस्वीर यतिबेला नेपालको सामाजिक संजालमा भाइरल भएका छन् र उनका तस्वीरलाई रुचाइएको छ।

गान्धी नेपालमा पाँच दिनसम्म रहने बताइएको छ। उनी साथीसमेत रहेकी पूर्व राजदूत उदासकी छोरी सुम्निमाको विवाहमा सहभागी हुन नेपाल आएका हुन्। सुम्निमा भारतमा बसेर संचारमाध्यममा काम गर्दा राहुलसँग मित्रता भएको थियो।

तस्वीर : भुपेन कुँवरकाे फेसबुकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.