उदयपुरमा ११ विद्राेही उम्मेदवार र सहयाेगीलाई माओवादी केन्द्रकाे कारबाही
उदयपुर। माओवादी केन्द्रले उदयपुरमा ११ विद्राेही उम्मेदवारलाई कारबाही गरेकाे छ।
आसन्न स्थानीय तहकाे निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाे भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हाे।
प्रदेश अध्यक्ष हर्क नेम्माङ्गले उदयपुरका ११ सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका नेतालाई कारबाही गरेका छन्। प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाललाई कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएकाे छ भने बाँकी ८ जना साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल, सन्तोष सुबेदीलाई पार्टीबाट निलम्बन गरिएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment