म्याग्दीको स्थानीय प्रमुख पदमा एक दलित महिला सहित तीन महिला उम्मेदवार
म्याग्दी। यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार रहेको छ। नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छिन्।
नेकपा (माओवादी केन्द्र) को रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिए ।
प्रमुख पदमा मीनासहित म्याग्दीमा तीन महिला उम्मेदवार रहेको छ । धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा उम्मेदवार बनेकी छिन्।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment