ह्वाइट हाउसले पायो पहिलो अश्वेत प्रवक्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ मुख्य प्रवक्तामा क्यारिन जीन पियरेलाई नियुक्त गरेका छन् । यस पदमा अश्वेत व्यक्तिको मनोनयन भएको यो पहिलो पटक हो । साथै, उनी समलिङ्गी घोषित हुने पहिलो व्यक्ति हुन्।
४४ वर्षीया क्यारिनले बाइडेन राष्ट्रपति भएदेखि नै उनीसँग काम गरिरहेकी छिन् ।अहिलेसम्म उनी बाइडेन प्रशासनको प्रमुख उपप्रेस सचिवको रूपमा काम गरिरहेकी छिन् । उनले अबबाट निवर्तमान प्रेस सचिव जेन साकीलाई विस्थापित गर्दै यो महत्वपूर्ण पद सम्हाल्ने छिन् ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरीले हरेक दिन प्रशासनसँग सम्बन्धित कदम र घोषणाहरूबारे पत्रकारहरूलाई जानकारी दिन्छन्। यस्तो अवस्थामा यो धेरै जिम्मेवार पद हो। जेन साकीले ट्विटरमा क्यारिनलाई बधाई दिएकी छिन्।
Lots to say about how grateful I am to @POTUS and @FLOTUS and the Biden family for trusting me to serve as @PressSec and plenty of time before my last day to share, but today is about @KJP46 so a few thoughts on this remarkable woman who will soon be behind the podium every day.
— Jen Psaki (@PressSec) May 5, 2022
उनले लेखेकी छिन्, “म अमेरिकी राष्ट्रपतिप्रति धेरै आभारी छु र यसबारे धेरै कुरा भन्नु छ। म प्रेस सेक्रेटरीको रूपमा मलाई विश्वास गरेकोमा आभारी छु। भन्नको लागि धेरै छ तर आज करिनको कुरा … उनी असाधारण प्रतिभा भएकओ महिला हुन्। जो छिट्टै पोडियम पछाडिबाट हरेक दिन सम्बोधन गरिरहेकी देखिनेछिन्।”
साकीले क्यारिनको बारेमा लेखेकी छिन् कि उनी यो पद धारण गर्ने पहिलो अश्वेत महिला र पहिलो खुला एलजीबीटीक्यू व्यक्ति पनि हुनेछिन्। प्रतिनिधित्व धेरै महत्त्वपूर्ण छ र यसले धेरै मानिसहरूलाई ठूलो सपना देख्ने साहस पनि दिन्छ।







डिसी नेपाल







Facebook Comment