साउदीसहित तेल उत्पादक देशमाथि मुद्दा चलाउन बाटो खोल्ने विधेयक अमेरिकाको संसदमा
काठमाडौं । अमेरिकी सिनेटको एक समितिले तेलको मूल्य बढाउनको लागि मिलेमतो गरेको आरोपमा तेल उत्पादक देशहरूमाथि अमेरिकाको संघिय संसदमा मुद्दा चलाउन बाटो खोल्ने विधेयकलाई अनुमोदन गरेको छ।
यो विधेयक पारित भएमा अमेरिकी महान्यायाधिवक्ताले ओपेक र यसका सदस्य राष्ट्रहरूविरुद्ध संघीय अदालतमा मुद्दा दायर गर्ने अधिकार पाउनेछन्। साउदी अरेबिया जस्ता अमेरिकाका घनिष्ठ सहयोगीहरू र रुस पनि यो विधेयकको दायरामा आउन सक्छन्।
बिललाई रिपब्लिकन पार्टीका चक ग्रास्ले र डेमोक्र्याटिक पार्टीका एमी क्लोबुचर लगायत धेरै सिनेटरहरूले समर्थन गरेका थिए, त्यसपछि यो विधेयक सिनेट न्यायिक समितिमा १७-४ ले पारित भएको थियो।
ह्वाइट हाउसका प्रवक्ता जेन साकीका अनुसार प्रशासन कानूनको “सम्भावित प्रभाव र परिणामहरू” बारे चिन्तित छ, विशेष गरी रूस-युक्रेन संकट जारी भएका कारण यसबारे विचार भइरहेको छ । साकीका अनुसार ह्वाइट हाउस अझै पनि यो विधेयकबारे अध्ययन गर्दैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment