१ करोड ८० लाखको शेयर १ रातमै बढेर ४१ करोड ४८ लाख पुग्यो तर…
काठमाडौं । एक व्यक्ति त्यतिबेला चकित परे जब उनको अकाउन्टमा करोडौं रुपैयाँ आयो । आफ्नो खातामा यति ठूलो रकम देखेर उनको खुशीको सीमा रहेन । तर उनको खुशी धेरै समय टिक्न सकेन र वास्तविकता थाहा पाएपछि उनी निराश भए ।
‘द सन’का अनुसार यी व्यक्ति बेलायतका बासिन्दा हुन् र उनको नाम माइकल कारपेन्टर हो । भर्खरै माइकल रातारात करोडपति बने तर उनको खुसी लामो समय टिक्न सकेन । विगतमा माइकलले स्टक फर्म हार्ग्रेभ्स ल्यान्सडाउनमा १ करोड ८० लाख रुपैयाँ (१ लाख २० हजार पाउण्ड) सम्म लगानी गरेका थिए ।

भर्खरै एक दिन बिहान उठेर हेर्दा उनले यो पैसाले आफुलाई कैयौं गुणा धनी बनाएको देखे । आफ्नो स्टकले उनलाई २,२०० प्रतिशत रिटर्न दिएको देखेर माइकल छक्क परे । उनको रकम रातारात ४१ करोड रूपैयाँ (२.७ मिनियन पाउण्ड) भन्दा बढी भयो।
माइकलका अनुसार सुरुमा उनले आफ्नो आँखामा विश्वास गर्न सकेनन् । तर पटकपटक खाता हेरेपछि यति धेरै रुपैयाँ साँच्चै आयो भन्ने विश्वस्त भएपछि उनी खुसीले उफ्रिए । तर, केही बेरमा उनलाई केही गडबडी लाग्यो र सोचे कि कुनै पनि स्टक रातारात कसरी बढ्न सक्छ?
यस्तो अवस्थामा माइकलले हार्ग्रेभ्स ल्यान्सडाउन फर्मलाई जानकारीका लागि फोन गरे । फर्मले जाँच गर्दा गल्तीका कारण माइकलको खातामा त्यो रकम देखापरेको थाहा भयो । यस सम्बन्धमा कम्पनीका प्रवक्ताले यस स्टकसँग सम्बन्धित रकम ग्राहकको खातामा गलत देखाएको थियो, त्यसलाई सच्याइएको बताए । यो थाहा पाएपछि माइकल निराश भए । तर, उनले सुरुमा केही गडबड भएको महसुस गरेपछि फर्मलाई फोन गरेर पुष्टि गरेका थिए ।







डिसी नेपाल







Facebook Comment