एन्टोनी ब्लिन्केन र बिलावल भुट्टो जरदारीबीच के–के विषयमा छलफल भयो ? भारत तनावमा

डिसी नेपाल
२४ वैशाख २०७९ १७:१८
184
Shares

काठमाडौं । मे ६ मा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीबीच फोन वार्ता भएको थियो ।

भेटवार्ताका क्रममा दुवै नेताबीच दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – परराष्ट्रमन्त्रीले अफगानिस्तानमा स्थायित्व र चरमपन्थविरुद्धको अमेरिकी प्रतिबद्धताबारे पनि छलफल गरेका थिए।

दुई देशका नेताबीच व्यापार, लगानी, जलवायु, ऊर्जा, स्वास्थ्य र शिक्षाका क्षेत्रमा चलिरहेको साझेदारीबारे पनि छलफल भएको थियो ।

यो वर्ष पाकिस्तान-अमेरिका सम्बन्धको ७५ औं वर्षगाँठ हो। सो अवसरमा दुवै देशले आपसी सहयोगलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *