जोन ली हङकङको नयाँ प्रमुख नियुक्त, चीनको पकड झन् बलियो

डिसी नेपाल
२५ वैशाख २०७९ १२:१२
600
Shares

काठमाडौं । पूर्व सुरक्षा प्रमुख जोन ली का चिउ हङकङको नयाँ नेतामा निर्वाचित भएका छन् । उनी प्रमुख कार्यकारीमा निर्वाचित भएसँगै हङकङमा चिनियाँ सरकारको पकड अब सुदृढ हुने विश्वास गरिएको छ ।

यो किनभने जोन लीलाई चीनको कट्टर समर्थक मानिन्छ। उनले अब क्यारी लामको स्थान लिनेछन् ।

चाखलाग्दो कुरा के छ भने, यो चुनावमा जोन ली मात्र उम्मेदवार थिए। तर, भर्खरै गरिएको सर्वेक्षण अनुसार उनलाई ३५ प्रतिशतभन्दा कम जनताको समर्थन थियो ।

६४ वर्षीय जोन ली आम जनताको सट्टा निर्वाचन समितिमार्फत निर्वाचित भएका हुन् । यस समितिमा रहेका अधिकांश चिनियाँ सरकारप्रति वफादार छन् ।

हङकङको प्रमुख बन्नुअघि जोन ली हङकङ प्रहरीमा थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *