रूसले लुहान्स्कमा स्कुलमा बम खसाल्यो, कम्तीमा ६० जनाको मृत्यु

डिसी नेपाल
२५ वैशाख २०७९ १६:११
156
Shares

काठमाडौं । रुसले युक्रेनको लुहान्स्कस्थित एक विद्यालयमा हवाई आक्रमण गरेको छ । यहाँ करिब ९० जनाले आश्रय लिएका थिए ।

लुहान्स्कका गभर्नर सेर्ही हैदेइसले आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको आशंका गरेका छन् । उद्धार टोलीले अहिलेसम्म ३० जनालाई बाहिर निकालेको छ । जसमध्ये ७ जना महिला रहेका छन्, जो गम्भीर घाइते भएका छन् ।

रसियाले हरेक वर्ष मे ९ मा विजय दिवस मनाउने गर्दछ। दोस्रो विश्वयुद्धमा यही दिन रुसी सेनाले हिटलरको नाजी सेनालाई पराजित गरेको थियो । यस दिनको महत्वलाई ध्यानमा राख्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे ९ मा मात्रै युक्रेनविरुद्ध युद्धको घोषणा गर्न सक्ने मिडिया रिपोर्टले दाबी गरेको छ ।

अहिलेसम्म रुसले युक्रेनमाथिको आक्रमणलाई विशेष अपरेशन मात्र भन्दै आएको छ । अर्कोतर्फ, युक्रेनले पश्चिमी देशहरूबाट सहायता प्राप्त गर्न जारी राखेको छ। अब युक्रेनी सेनाले टर्कीमा बनेका १२ बायराक्तार टीबी-२ ड्रोन प्राप्त गरेको छ।

समाचार वेबसाइट ह्याबरलरका अनुसार टर्कीले गत ८ वर्षमा ४०० भन्दा बढी बायराक्तार टीबी-२ ड्रोनहरू विकास गरेको छ र ती मध्ये ९६ वटा बेचेको छ। यो ड्रोन निकै उन्नत मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *