कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छः प्रवक्ता महत

डिसी नेपाल
२७ वैशाख २०७९ १३:००
16
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन् ।नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ ले आज आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले काठमाडौँ महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दावी गरेका छन्।

“विगत पाँच वर्षको अवधिमा काठमाडौँ महानगर र वडामा विकासको कामले गति लिन सकेन, समृद्ध महानगर निर्माणका लागि एकपटक कांग्रेसलाई अवसर दिनुहोस्”, उनले भने । महतले सम्पूर्ण बुद्धिजीवी, नागरिक क्षेत्रका अगुवालगायतलाई लोकतन्त्र र कांग्रेसको पक्षमा मतदान गर्नसमेत आग्रह गरे ।

महतले नेकपा सरकारले आफ्नो पाँचवर्षे कार्यकाल काम गर्न नसकी खेर फालेको जनाउँदै काम गर्ने पार्टी कांग्रेस भएको उल्लेख गरे । कांग्रेस मुलुक र जनताका लागि जिम्मेवार पार्टी भएको उनको भनाइ थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.