‘मलाई बलिउडले अफोर्ट गर्न सक्दैन’ भन्दै फसेका महेश बाबुले दिए स्पष्टीकरण, भने– मलाई सिनेमा मन पर्छ
काठमाडौँ। साउथ सुपरस्टार महेश बाबुको एक बयानलाई लिएर निकै हंगामा मचेको छ । उनले आफ्नो बलिउड डेब्यूको बारेमा यस्तो बयान दिए कि सामाजिक सञ्जालमा ट्रोल हुन थाल्यो। उनले बलिउडलाई गरेको कटाक्ष र बलिउडले उनलाई अफोर्ट गर्न सक्दैन भन्ने भनाईले उनी आफै अफ्ठ्यारोमा परेका छन्। अब महेश बाबुले आफ्नो यो भनाइलाई लिएर स्पष्टीकरण दिएका छन्।
अभिनेता महेश बाबुको पीआर टोलीले अभिनेताको बयान जारी गरेका छन्। आफ्नो स्पष्टिकरणमा साउथ सुपरस्टार महेश बाबुले आफूलाई सिनेमा मन पर्ने र सबै भाषाको सम्मान गर्ने बताए। उनी भन्छन्– म जहाँ (दक्षिण इन्डस्ट्री) फिल्म गर्छु, त्यही फिल्म गर्न सहज छु। म खुसी छु कि मेरो सपना साकार हुँदैछ किनकि तेलुगु सिनेमाले उचाइ छुई रहेको छ ।
महेश बाबुले आदिवी शेषको आगामी फिल्म मेजरको ट्रेलर लन्च कार्यक्रममा आफ्नो बलिउड डेब्यूमा प्रतिक्रिया दिए। महेश बाबुले भनेका थिए– मलाई हिन्दी फिल्मबाट धेरै अफर आउँछन्, तर ती मानिसहरूले मलाई अफर गर्छन् भन्ने मलाई लाग्दैन । मलाई अफोर्ट गर्न नसक्ने उद्योगमा काम गर्न मन लाग्दैन । मैले यहाँ (दक्षिण) पाएको स्टारडम र प्रतिष्ठा ठूलो छ। त्यसैले म आफ्नो उद्योग छोडेर अन्य कुनै पनि उद्योगमा लाग्ने सोचमा छैन । म सधैं फिल्म गर्ने र ठूलो बन्ने सोच गर्छु। मेरो सपना अब साकार हुँदैछ र म यो भन्दा बढी खुशी हुन सक्दिन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment