‘एकान्तमा’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ। गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दार्जिलिङको मिरिकमा छायाङ्कन भएको भिडियोमा प्रतिमा लिम्बू र मनेन्द्र गोर्खाले अभिनय गरेका छन्।
मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको सङ्गीत र फणिन्द्र राईको ‘एरेञ्ज’ रहेको छ। ‘एकान्तमा तिम्रो यादले सताउँछ उसैगरी’, ‘छुट्यो बाटो, टुट्यो सपना’, ‘कति कति सम्झनामा ती पुराना क्षणहरु’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ।
म्युजिक भिडियोको निर्देशन पनि सङ्गीतकार राईले नै गरेका हुन्। आपसी मतभेदका कारण श्रीमान्ले घर छोडेपछि एक्लिएकी युवतीको विरह भिडियोमा देखाइएको छ । गीतकार विकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।
रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियमा रहेका विकरालले करिब एक दर्जन गीत रेकर्ड गराए। उनको ‘नसम्झिने वाचासँगै’ गीत लोकप्रिय छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment