पूर्वी चितवनको राप्तीमा मतगणना सुरु हुँदै

डिसी नेपाल
३१ वैशाख २०७९ ६:२२

चितवन। भरतपुर महानगरपालिकाको मत गणनाको लागि गएराती बसेको सर्वदलीय वैठकले आज विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको छ । विहानबाट मतगणना गर्ने सर्वदलीय निर्णय भएपछी मतगणना स्थलमा चाबी लगाएर छाडिएको छ।

पूर्वी चितवनको राप्तीमा वडा नम्बर ६ बाट मत गणना शुरु भएको छ। भण्डारास्थित भण्डारा माविमा मतगणना भएको हो। राप्ती वडा नं. ६ मा ३ हजार ४ सय ८२ मत खसेको थियो । राप्तीमा १३ वटा वडा रहेका छन्।

राप्तीमा कुल ४० हजार ६ सय ४९ मतदाता रहेकोमा कुल २९ हजार ७ सय ३७ मत खसेको छ । कुल मतको ७३ दशमलव १६ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय, राप्ती नगरपालिकाका निर्वाचन अधिकृत श्याम प्रसाद दाहालले बताए ।

कालिका नगरपालिकामा वडा नं १ वाट मतगणना सुरु भएको छ। राती पौने १ बजेदेखि मतगणना सुरु गरिएको हो । कालिकामा ३१ हजार १९७ जना मतदाता रहेकोमा २४ हजार ३४७ मत खसेको छ । वडाको मतपरिणाम आइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.