बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा
बुटवल। बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ३०० मत गणना भएको छ। पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन्। उनले १३० मत ल्याएका छन्।
परिणाम अनुसार बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ। राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन्। तेस्रो स्थानमा एमाले छ। एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन्। बुटवलको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो। बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment