स्थानीय निर्वाचनः कांग्रेसकाे अग्रसरता, पछ्याउँदै एमाले
काठमाडौं। शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भइरहेको छ। देशको ७५३ वटै स्थानीय तहमा भएकसाथ भएको निर्वाचनमा वडा र केही पालिकाहरुको अन्तिम नजिता पनि सार्वजनिक भइसकेको छ।
हालसम्म नेपाली कांग्रेसले २ वटा स्थानीय तह जितेर ६७ स्थानीय तहमा अग्रता लिएको छ।नेकपा एमाले पनि २ वटा स्थानीय तहमा जितेर ५६ स्थानीय तहमा अगाडि रहेको छ।नेकपा (माओवादी केन्द्र)ले भने हालसम्म कुनैपनि स्थानीय तह जित्न सकेको छैन।माओवादीले ३५ स्थानमा अग्रता लिएको छ।
नेकपा (एकीकृत समाजवादी)ले १ स्थानमा जित हाँसील गर्दै ५ स्थानमा अग्रता लिएको छ।त्यस्तै जनता समाजवादी पार्टीले पनि ५ स्थानमा र अन्यको ५ स्थानमा अग्रता रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment