काठमाडौं महानगरको मतगणना सुरू, वडा नम्बर १ र ३२ को मतपेटिका खोलियो

डिसी नेपाल
३१ वैशाख २०७९ ९:५९
804
Shares

काठमाडौं। काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ। बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो। राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ।

यसअघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको सहमतिअनुसार नै सबैभन्दा पहिला वडा नम्बर १ र ३२ बाट सुरू गरिएको हो। मतगणना स्थलमा स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट राख्ने प्रतिनिधिको विषयमा सहमति जुट्न नसक्दा मतगणनामा ढिलाई भएको थियो।

पाँच जना स्वतन्त्र उम्मेदवारको तर्फबाट एक जना प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए। अहिले एक जना स्वतन्त्र उम्मेदवारको एक जना प्रतिनिधि राख्ने सहमति जुटेपछि मतगणना सुरु भएको हो।

काठमाडौं महानगरपालिका नेकपा एमालेबाट केशव स्थापित मेयर र सुनिता डंगोल उमपेयरका उम्मेदवार बनेका छन्। त्यस्तै नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह मेयरमा र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उपमेयरको उम्मेदवार बनेका छन्।

काठमाडौं महानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५४ जनाले उम्मेदवारी दिएका छन्। उपमेयरका लागि भने ३० जनाले उम्मेदवारी दिएका छन्।

तीन लाख २४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.