मुस्ताङका दुई पालिकाको नतिजाः एउटामा कांग्रेस, अर्कोमा एमाले
पोखरा। मुस्ताङको घरपझोङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको नतिजा आएको छ। घरपझोङमा एमालेको किल्ला तोड्दै कांग्रेस उम्मेद्वार विजयी भएका छन्। २०७४ मा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको यहाँ अहिले दुई वटै पदमा कांग्रेसले जितेको छ।
कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी भएका हुन्। उनले ७६० मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका सन्जयकुमार थकालीले ७५८ मत पाए।
उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थकालीले एमालेकी भीमकुमारी शेरचनलाई ७५ मतान्तरले हराएकी छिन्। थकालीले ६९३ मत पाउँदा शेरचनले ६१८ मत पाएकी छिन्।
लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट दोस्राे पटक विजयी भए । उनले भारी मतान्तर सहित गठबन्धनबाट एकीकृत समाजवादीका देवबहादुर गुरुङलाई हराएका हुन् । विष्टले ६८९ मत पाउँदा गुरुङले १८५ मत मात्रै ल्याए। उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हामो गुरुङले जितेकी छन्।







डिसी नेपाल







Facebook Comment