मायादेवी मन्दिरमा प्रार्थना गरेपछि मोदीले भने– भगवान बुद्धले हामी सबैको कल्याण गरुन्
काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले विश्वलाई शान्त र समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन्। लुम्बिीनमा आज मायादेवी मन्दिरमा प्रार्थना गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भगवान बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन्।’
मोदी आज विहान भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आएका हुन्। उनलाई लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए। आज लुम्बिनीमा ६ घण्टा बिताएपछि उनी स्वदेश फर्कने छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment