काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित

डिसी नेपाल
८ जेठ २०७९ ६:२५
180
Shares

काठमाडाै। काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्थी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित भएका छन्। ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरे।

त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित भइन्। महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पारेकी छन्। दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएकी छन्।

हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७ को मतगणना जारी छ । कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *