युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न

डिसी नेपाल
९ जेठ २०७९ २१:०८

काठमाडाैं। युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन ”नेपालको बिद्यालय शिक्षामा सुधार : स्थानीय र विश्वव्यापी दृष्टिकोण ” विषयमा केन्द्रीत बिमर्शका साथ शनिबार सम्पन्न भएको छ । कार्यक्रममा शिक्षाविद डा. बिद्यानाथ कोइराला, डा. पार्बती ढुङाना र डा. कटक मल्लको प्रस्तुतीकरण रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले संघीय नेपालको संरचनामा के कसरी काम गर्न खोजीदैछ भन्ने बारेमा मन्तब्य राखेका थिए। सेन्टरका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको कामका बारेमा डा. देशराज संयोक, र हिजोको अनुभव र भोलीको बाटोको बारेमा संस्थापक अध्यक्ष डा. आमोद पोख्रेलले प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन जगदम्वा अधिकारी र तरुण पौडेलले गरेका थिए। विज्ञहरुको प्रस्तुती र प्रश्नउत्तर, छलफल शैलीमा कार्यक्रम भएको थियो । संस्थाको संरचना, नयाँ नेतृत्व, भावी कार्यक्रमहरुका बारेमा छ महिनाभित्र शृंखलावद्द छलफल गरी तय हुने सहमती भएको जनाइएको छ ।

युएस-नेपाल पोलिसी रिसर्च सेन्टर अमेरिकामा सात वर्षदेखि नेपाल र नेपाली सम्बन्धी विषयहरुमा नीति र अनुसन्धान क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *