निर्देश्क राम गोपाल बर्माविरुद्ध उजुरी

डिसी नेपाल
११ जेठ २०७९ ११:४९
76
Shares

मुम्बई। बलिउडका प्रख्यात निर्देशक राम गोपाल बर्माविरुद्ध प्रहरीमा उजुरी परेको छ। एक प्रोडक्सन हाउसका मालिकबाट ५६ लाख रुपैंयाँ ऋण लिएका बर्माले उक्त पैसा नतिरेपछि हाउसका मालिक प्रहरीको शरणमा पुगेका हुन्।

प्रहरीका अनुसार उजुरीपछि बर्माविरुद्ध मियापुर पुलिस स्टेसनमा सम्बन्धि आईपीसीको धाराअनुसार उजुरी दर्ता गरिएको छ। उजुरीकर्ताले बर्माले सन् २०२० मा एक तेलुगू फिल्म ‘दिशा’को निर्माणका लागि आफूबाट ऋण लिएको निवेदनमा उल्लेख गरेका छन् । उनका अनुसार सन् २०१९ मा एक साथीका माध्यमबाट उनले राम गोपाल बर्मालाई भेटेका थिए।

उजुरीकर्ताको निवेदनमा सन् २०२० जनवरीमा बर्माले फिल्म निर्माणका लागि उनीबाट ८ लाख रुपैंयाँ लिएको उल्लेख छ। त्यसपछि पुनः २० लाख रुपैंयाँ ऋण दिन अनुरोध गरेपछि सन् २०२० को जनवरी २२ मा चेकबाट पैसा दिएका थिए। त्यो समयमा बर्माले ६ महिनाभित्र ऋण चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए। यसपछि पनि सन् २०२० फेब्रुअरीमा बर्माले फिल्म निर्माणमा अझ पैसा आवश्यकता परेको भन्दै थप २८ लाख रुपैंयाँ ऋण मागेका थिए।

उजुरीकर्ताले आफूले निर्देशकमाथि विश्वास गर्दै थप २८ लाख रुपैंयाँ उनको खातामा पठाएको जनाएका छन्। त्यो समयमा बर्माले फिल्म ‘दिशा’ रिलिज पछि उनको ५६ लाख रुपैंयाँ फिर्ता दिने प्रतिबद्धता जनाएका थिए।

तर, उजुरीकर्ताले सन् २०२१ को जनवरीमा बर्मा फिल्म ‘दिशा’को निर्माता नभएको थाहा पाएपछि बर्माले आफूमाथि झुठो बोलेको थाहा पाएका थिए। राम गोपालले बलिउडमा ‘शिवा’, ‘रंगीला’, ‘कम्पनी’, र ‘सरकार’ जस्ता फिल्म दिइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *