गरुडा नगरपालिकामा एमाले विजयी भएपछि एसको विरोध, पुनः मतगणनाको माग

डिसी नेपाल
११ जेठ २०७९ २२:२२
348
Shares

रौतहट । रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले झिनो मतले विजयी भएको खबर बाहिर आएलगतै बिबाद सुरु भएको छ ।

एमाले झिनो मतले विजयी भएपछि मतगणनामा धाँधली भएको भन्दै नेकपा एसले विरोध गरेको छ ।

मतगणनामा धाँधली भएको भन्दै नेकपा एसका कार्यकर्ताहरुले पुनः मतगणनाको माग गरीरहेका छन् । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएको आधिकारीक घोषणा गर्न एसका कार्यकर्ताले अबरोध पुर्याएका छन् ।

जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवार र नेकपा एसका बृज किशोर प्रसाद यादबीच तिब्र प्रतिस्पर्धा रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.