गायक नवीन विश्वकर्माको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक

डिसी नेपाल
१२ जेठ २०७९ १२:५३
64
Shares

काठमाडौँ। ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। दक्षिण कोरियामा रहेका युवा गायक नवीन विश्वकर्माको सुमधुर स्वरमा समावेश ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक विश्वकर्माको शब्द र सङ्गीत रहेको छ । गीतमा इजोक थापा मगरले सङ्गीत संयोजन गरेका छन्  । दक्षिण कोरियाका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको यस भिडियोमा विप्लप आले मगर र सजिना गुरुङको अभिनय हेर्न सकिन्छ ।

म्युजिक भिडियोमा ‘त्यो पारि क्षितिजमा…’, ‘हेर हामीलाई साथमा…’, ‘तिमी आयौं जीवनको रङ्ग भरिदेऔँ…’, ‘तिम्रो साथमा…’लगायत बोलका गीत समावेश गरिएका छन् । इकाम शटको सम्पादन र छायाङ्कन रहेको यस भिडियोलाई इजोक थापा मगरको निर्देशनमा तयार पारिएको हो । यसअघि गायक विश्वकर्माको स्वरमा ‘यादमा’, ‘आभाष’ बोलका गीत सार्वजनिक भइसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *