निर्वाचनको बेला सेता पुर्जा बाँडियोः ईश्वर पोखरेल

डिसी नेपाल
१३ जेठ २०७९ १५:२२
112
Shares

काठमाडौं। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनमा मतदातालाई प्रलोभनमा पार्न सेतो पूर्जा (जग्गाधनी पूर्जा) वितरण गरिएको आरोप लगाएका छन् ।

संसदमा पेस गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रम जनपक्षीय नभएको र भ्रष्टाचार तथा अनियमितता गर्ने आधारहरु प्रशस्तै रहेको दाबी गरे ।

एमाले सरकारले गठन गरेको भूमि आयोग विघटन गरेर आफ्ना नेता भर्ती गर्न अर्को आयोग गठन गरेको भन्दै उनले सो आयोगमार्फत निर्वाचनका बेला सेतो पुर्जा वितरण गरेको आरोप लगाए ।नीति तथा कार्यक्रम देशलाई दिशा निर्देश गर्न खालको नरहेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.