नवनिर्वाचित मेयर बालेन पुगे सिसडोल र बञ्चरेडाँडा(तस्बिरहरु)

डिसी नेपाल
१३ जेठ २०७९ २२:२३

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह धन्यवाद ज्ञापन र्‍यालीलगत्तै उपत्यकाको फोहोर विसर्जन गरिने ठाउँ सिसडोल र बञ्चरेडाँडा पुगेका छन्।

उनी महानगरको फोहारको उचित ब्यवस्थापनको लागि स्थानीयबासीसँग सहजीकरण गर्न त्यहाँ पुगेको बताएका छन् । उनले स्थानीयहरूका गुनासोसमेत सुनेका थिए।केही दिन अगाडि काठमाडौंको फोहार बिना अनुमति फालिएको भन्दै स्थानीयबासीले विरोध गरेका थिए ।

फोहोर काठमाडौँ उपत्यकामा ठूलो समस्या रहँदै आएको छ। अहिले त झन् लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन। काठमाडौंका सडक र गल्लीमा फोहोरका डंगुर थुप्रिएका छन्।

बालेनले काठमाडौंको फोहोरको समस्या समाधान नगरी विजय उत्सव नमनाउने घोषणा गरेका छन्।

तस्बिरः सागर डिसी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *