बिरोधका कारण अक्षयकुमार ‘पृथ्वीराज’को नाम फेरियो, अब ‘सम्राट पृथ्वीराज’

डिसी नेपाल
१४ जेठ २०७९ ८:२५
124
Shares

काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारको रिलिज हुन लागेको फिल्म ‘पृथ्वीराज’ले नाम परिवर्तन गरेको छ। फिल्म निर्माण कम्पनी यशराज फिल्म स्टुडियोले करणी सेनाको विरोधका कारण नाम परिवर्तन गर्दै फिल्मको नाम अब ‘सम्राट पृथ्वीराज’ राख्ने निर्णय लिएको हो। फिल्म यही ३ जुनमा रिलिज हुँदैछ।

यो फिल्म रिलिज हुने तयारी भइरहँदा करणी सेनाले यशराज स्टुडियोसँग फिल्मको नाम फेर्न माग राखेको थियो । करणी सेना पनि फिल्मको नाम ‘पृथ्वीराज’बाट ‘सम्राट पृथ्वीराज’ होस् भन्ने चाहन्थ्यो । त्यहीकारण उनीहरुको मागलाई सम्बोधन गर्दै यशराजले नाम फेरेको हो।

फिल्ममा अभिनेता अक्षय कुमार मुख्य सम्राट पृथ्वीराजको भूमिकामा देखिँदैछन्। फिल्ममा पूर्व मिस वल्र्ड मानुषी छिल्ल र संयोगिताको भूमिकामा छिन् । यो उनको डेब्यू फिल्म हो । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज हुँदैछ।

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको यो ऐतिहासिक ड्रिम फिल्मको हो लागि निर्माण पक्ष भने जोडतोडका साथ प्रमोसनमा जुटेको छ। कोरोना महामारी अन्त्य भएसँगै बलिउडमा धमाधम फिल्म रिलिज हुन थालेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *