व्यंग्यः उतो नेता उतो पार्टी

डिसी नेपाल
१४ जेठ २०७९ १९:४४

खसखसाएको धेरै भएको थियो । तर कोट्याउने कि, कन्याउने कि, खोप्ने कि, घोच्ने भनेर लामै द्वन्द्व चल्यो । जसो गरेनी सुख चाहिँ छैन फेरि । उतो गरुँ कि भन्छु उतो भैदिन्छ । केही दिन अघि उतो गाउँपालिकाका उम्मेद्वारले ‘भोट नहाले उतो गर्दिन्छु’ भनेको कुरो भाइरल नै भयो, तर उतो हुनुभन्दा अघि उतो गर्न सजिलो त कहाँ थियो र !

उतो पार्टीमा लाग्नलाई कुम हल्लाउन, औँला घुमाउँन र मने भन्न जान्नु पर्ने रहेछ । भित्तैमा पुर्याउने धम्की देखि देश ‘उतो उम्मेद्वारलाई भोट हालिनस भने उतो हुन्छ’ यनिकी ‘देश दुर्घटनामा जान्छ’ भन्नु पर्ने रहेछ । भाइ बहिनी छोरी बुहारी लाई उतो उतो पद दिएर भए पनि उतो पार्टी बँचेकै छ, बँच्नु पर्छ नत्र उतो हुने खतरा छ । उतो पार्टी फुट्दै फुट्दै फुट्दै फुट्दै फुट्दै फुट्दै फुट्दै ‘फु’ गर्दा लड्ने ठाउँमा पुगिसक्यो । भिरबाट खसिनै सक्यो, फेरि पनि लडेको हैन, लड्ने, पछारिने, ठोक्किने खेल खेलेको भन्दै उतो नेता कराउँन छोड्दैनन् त !

अर्को उतो पार्टीका कार्जेकर्ता उतो गर्न साह्रै खप्पिस छन् । उतो नेताले उखान भनेको सुनें भने उफ्री उफ्री उम्लेन्छन् अनि तातो अंगेनोमा पोखिन्छन् । कुर्सी गयो, कुलो भात्कियो, कुम भाँचियो, कुर्ता च्यातियो, मान्छेले कुरी कुरी भने तर पनि उतो नेताको उतो घटेको छैन । बाँदरहरुले बाख्रालाई ‘बा’ देख्दा उतो नमिलेको पत्तै भएन । ‘बा’ ले बस्ने ठाउंबाट बारुद पड्काउँदा बास्ना आउँने कार्जेकर्तालाई उतो भनिरहनु पर्ला जस्तो लागेन ।

अर्को महान उतो पार्टीको उतो पुराण भनिसक्नु, सुनिसक्नु, हेरिसक्नु छैन । उतो नेताले छिमेकी देशका मालिक आएको मौकामा हकारे, डकारे, र्‍याल काडे अनि उतो गरे । हुनत परिवारिक समस्या भएको बेला उतो हुनु स्वभाबिक नै होला तर त्यस्तो बेला घरै बसेर उतो गरेको भए बरु राम्रो हुन्थ्यो नि । ध्यान गर्दा ज्यान कन्याएको, बाइ गर्ने बेला हाइ गरेको, फूल राख्ने बेला फुलिस बनेको, पुजा गर्ने बेला पुरी खोजेको केके केके । पुजा गर्ने चाइनिजले बड्ता बोले पछि उतो हुनु पनि ठिक्कै हो हुनत ।

यस्ता उतो भएर उतो भएका ,उतो गर्न नजानेर उतो नभएको थुप्रै कुरा छन । ‘बा’लेन, हर्कलेन हमाललेनहरुले उतो गरी सके । अरु भने भाषणमा मात्र उतो गरेपछि कसरी देश बन्छ ? जनताले अब चाहिँ सही रुपमा देशमा उतो गर्ने मान्छेको खोजी गरेनन भने उतो भैरहन्छ । सतीले हैन मतीले सरापे पछि उतो भौरहँदो रहेछ ।

ईति उतो लघु पुराण !  उतो गर्दै गरौंला । अहिलेलाई उतो है त ।

(लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *